कञ्चनपुर, २० जेठ/ विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने वा नपर्ने भन्ने विषयमा कञ्चनपुरको दोधाराचाँदनीमा युवाहरूबीच व्यापक बहस भएको छ। लोकतान्त्रिक सहभागिता र नागरिकको राजनीतिक अधिकारसँग जोडिएको यो विषयमा अधिकांश युवाले प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
इन्टरनेशनल आइडियाको सहयोग तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजनामा मंगलबार सम्पन्न युवा अन्तरक्रिया कार्यक्रममा ४० भन्दा बढी युवा, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रम विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार, निर्वाचनमा सहभागिता र लोकतान्त्रिक अभ्यासका विषयमा केन्द्रित थियो।
कार्यक्रम उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले लाखौँ नेपाली विदेशमा बसेर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उनीहरूको राजनीतिक सहभागिताको विषयलाई अब गम्भीर रूपमा लिनुपर्ने बताए।
“विदेशमा रहेका नेपालीहरू देशका नागरिक मात्र होइनन्, उनीहरू राष्ट्रको आर्थिक