• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमको कुल बेरुजु साढे ३ अर्ब नाघ्यो

धनगढी, १८ जेठ  /  सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय र प्रदेश अन्तरगतका समिति तथा अन्य संस्थाको कुल बेरुजु साढे ३ अर्ब नाघेको छ । महालेखापरीक्षकको प्रतिवेदन २०८३ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रदेशमा कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुगेको छ । गत वर्ष बेरुजु २ अर्ब ९८ करोड ४० लाख २० हजार बेरुजु रहेकोमा ४ करोड ८ लाख ४० हजार सम्परीक्षण भएर ४ लाख ९९ हजार सम्परीक्षणबाट थप भएको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षणबाट ६० करोड ४८ लाख ८९ हजार बेरुजु थपिएको छ ।

जसअन्तर्गत यस वर्ष प्रदेशका सरकारी कार्यालय तर्फको बेरुजु ५५ करोड ५८ हजार ६३ लाख थपिएको छ भने समिति तथा अन्य संस्थातर्फको बेरुजु ४ करोड ९० लाख २६ हजार थपिएको छ ।

मन्त्रालय निकाय तर्फ थपिएको बेरुजुमध्ये सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ । यस मन्त्रालयको बेरुजु २७ करोड ६६ लाख ३१ हजार बेरुजु रहेको छ । जुन कुल बेरुजुको ४६।७७ प्रतिशत हुन आउँछ । जसमा ४ करोड ४६ लाख २ हजार असुल गर्नुपर्ने बेरुजु, १९ करोड ५५ लाख ३७ हजार अनियमित बेरुजु र ४ करोड २७ लाख ८९ हजार पेस्की बेरुजु रहेको छ ।

भौतिक पूर्वाधार पछि यस वर्ष सामाजिक विकास मन्त्रालयको बेरुजु धेरै थपिएको छ । यस मन्त्रालयमा असुल गर्नुपर्ने बेरुजु ५२ लाख ५७ हजार, अनियमित बेरुजु २० करोड ३८ लाख ६४ हजार, पेस्की ६२ लाख गरी २२ करोड १६ लाख १८ हजार बेरुजु थपिएको छ । जुन मन्त्रालय निकाय तर्फको कुल बेरुजुको ३५।६ प्रतिशत हो ।

अन्य मन्त्रालय निकायमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४ करोड ४१ लाख ४२ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३ करोड २५ लाख ४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड ८२ लाख ३३ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको १५ लाख ७१ हजार र प्रदेश नीति तथा योजना आयोगको १ लाख ९० ह जार बेरुजु यस वर्ष थपिएको प्रतिवेदनमा उल्लेख छ । प्रदेश लोक सेवा आयोग भने बेरुजु नहुने निकायका रूपमा रहेको जनाइएको छ ।

लेखा परीक्षण प्रतिवेदमा यो वर्ष १४१ प्रदेश कार्यालय र १८ संस्था तथा समितिको लेखा परीक्षण गरेकोमा ६२ कार्यालयमा बेरुजु नदेखिएको उल्लेख छ ।

लेखा प्रतिवेदमा पछिल्लो तीन वर्षमा बेरुजु बर्सेनि बढ्दै गएको देखिन्छ । प्रदेशका सरकारी कार्यालय र समितिको लेखा परीक्षणमा २०८१ मा ३७ करोड ६३ लाख ९१ हजार बेरुजु देखिएकोमा २०८२ मा बढेर ५० करोड ६ लाख ९३ हजार पुगेको देखिन्छ । यस वर्ष थप १० करोड अझै बढेर ६० करोड ४८ लाख ८९ हजार बेरुजु पुगेको छ ।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.