• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

बालविवाह अन्त्य घोषणालाई प्रदेश गौरवको योजनाका बनाउने पर्ने

धनगढी, १७ जेठ /  बालविवाह अन्त्य घोषणालाई प्रदेश गौरवको योजनाका रुपमा अगाडि बढाउनू पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयको समन्वयमा बालिका दुलही होइनन् नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रममा बालविवाह अन्त्य घोषणालाई प्रदेश गौरवको योजनाका रुपमा अगाडि बढाउनु पर्ने जोड दिइएको हो । बालविवाह अन्त्यका लागि जरो कारण पत्ता लगाएर त्यही ढङ्गले कानुन बनाइ अगाडि बढ्न आवश्यक रहेको कार्यक्रममा बताइएको छ ।

प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समाजका सबै पक्ष लागेमा बालविवाह अन्त्य गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सानैमा ‘लिभिङ टुगेदर’ मा बस्ने परिपाटी बढ्दो रहेको भन्दै यौनलाई सही ढङ्गले छलफल र ग्रहण गर्न आवश्यक रहेको औंल्याए ।

बालविवाह अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकार नीतिगत रुपमै अगाडि बढेको जनाएको छ । प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’, ‘स्वस्थ बालबालिका, सशक्त महिला र सम्मानित ज्येष्ठ नागरिक’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रदेश सभा सदस्य जानकी कुँवरले बालविवाह अन्त्यको अभियानलाई सबैको साझा अभियानको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले अभिभावकहरुले नै आफ्ना, बालबालिकालाई नियन्त्रण गर्न नसकिरहेको औंल्याउँदै भन्नुभयो, “बालविवाह गरिब परिवारमा मात्रै नभइ धनी परिवारमा भइरहेको छ ।”

धेरैजसो बालविवाह अभिभावकको सहमति वा लापरवाहीका कारणले भइरहेको कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक महेन्द्रराज जोशीले बताउनुभयो । उहाँले बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाएर मात्रै नहुने भन्दै अभिभावक र बालबालिकाहरुको व्यवहारमै परिवर्तन ल्याउन जरुरी रहेको औंल्याउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र नेपालले बालविवाह अन्त्यका लागि बालबालिका र अभिभावकहरुलाई नै बुझाउन जरुरी रहेको बताउनुभयो । बालविवाह गम्भीर विषय रहेको उल्लेख गर्दै उहाँले फिल्डमा भोगाइ निकै जटिल रहेको स्पष्ट पारे ।

बालविवाह हुनुको मुख्य कारणको रुपमा आर्थिक अवस्था देखिएको बताइएको छ । यसैगरी, विद्यालय नजाने वा बिचमै विद्यालय छोड्नेहरुमा बालविवाह ५४ प्रतिशत भइरहेको सामाजिक विकास कार्यालयका लोकेन्द्र भट्टले बताए । उनले विद्यालय गइरहेकाहरुमा बालविवाहको अवस्था तुलनात्मक रुपमा कम रहेको उल्लेख गरे ।

मन्त्रालयले बालिका दुलही होइनन् नेपालसँग समन्वय गरेर बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा बालविवाहको अवस्थाको अध्ययन गरेर रणनीति योजनाको मस्यौदा ल्याएको बालिका दुलही होइनन् नेपालका अध्यक्ष प्रकाश खतिवडाले बताए ।

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.