धनगढी,१६ जेठ / डोटेली साहित्य प्रतिष्ठानको आयोजनामा धनगढीस्थित जुमेरा होटेलमा ‘चौपातो भाग-१’ रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष अमर खड्काका अनुसार अग्रज तथा अनुज साहित्यकारहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थापित साहित्यकारदेखि नवोदित सर्जकसम्मको उपस्थिति रहेको थियो।
सहभागीहरूले कविता, गजल तथा विभिन्न साहित्यिक रचनाहरू वाचन गर्दै साहित्य, सिर्जना र समसामयिक विषयमा विचार आदानप्रदान गरेका थिए। नयाँ पुस्तालाई साहित्यतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा अग्रज सर्जकहरूको अनुभव र अनुज साहित्यकारहरूको सिर्जनात्मक प्रस्तुतिले साहित्यिक वातावरणलाई थप ऊर्जाशील बनाएको थियो।
कार्यक्रमले साहित्यिक गतिविधिलाई निरन्तरता दिनुका साथै स्रष्टाहरूबीच सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउएको छ।