बैतडी, १५ जेठ / बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका-८ धौनालीस्थित मिरराड भिरमा पुर्चौंडी-५ सल्लेरी घर भएका अन्दाजी ५५ बर्षीय हरि साउँदको शव फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।
बिहीबार साँझको समयमा साउँद उक्त ठाउँमा मृत फेला परेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
