• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रिय गणतन्त्र

प्रिय गणतन्त्र,

आज तिमी अठारौँ  वर्षमा प्रवेश गर्दैछौ।

तिमीलाई हार्दिक बधाई तथा शुभकामना।

तर, तिम्रो यो जवानीको यात्रामा

तिम्रो काँध चढ्न अनेक अवसरवादीहरू आउन सक्छन्।

बिन्ती छ -तिमी नडगमगाऊ।

यदि तिमी डगमगायौ भने,

हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ।

जब तिमी नवजात थियौ,

तिम्रो स्याहार–सुसार गर्ने नाममा धेरैले

तिम्रा सपना बेचेर आफ्ना घर भरे।

तिम्रो सुरक्षा गर्ने बहानामा

निर्दोष जनतालाई आँसु र पीडा दिए।

तिमी जन्मिन जति दुःख र बलिदान भएको थियो,

त्यो इतिहास अझै रगतको गन्ध बोकेर बाँचिरहेको छ।

तिम्रो बाल्यकालमा

तिमीलाई हुर्काउन र राम्रो बनाउन

जनताले आफ्ना रहरहरू मारे, धेरै दुःख सहे।

तर केही अवसरवादी, केही दलाल

र केही भ्रष्टाचारीहरूले मात्रै

मोज, मस्ती र ऐसआरामको जीवन जिए।

जनताले परिवर्तन खोजे,

तर परिवर्तनको नाममा

अनुहार मात्रै फेरिए, व्यवहार फेरिएन।

आज पनि गरिबका झुपडीमा भोक निदाउँछ,

बेरोजगार युवाका सपनाहरू

विदेशी भूमिमा पैसासँग साटिँदैछन्।

आमाका आँखामा छोराको प्रतीक्षा

अझै बाँकी छ।

प्रिय गणतन्त्र,

तिमीलाई दोष दिनुअघि

तिमीलाई चलाउने हातहरू कति सफा छन् भन्ने हेर्न जरुरी छ।

किनकि तिमी केवल एउटा व्यवस्था हौ,

तिम्रो मूल्य त तिमीलाई चलाउने मानिसहरूले निर्धारण गर्छन्।

यदि तिम्रो नाममा फेरि पनि भ्रष्टाचार हुन्छ,

जनताको आवाज दबाइन्छ,

गरिबको भाग खोसिन्छ भने

तिम्रो अस्तित्वमाथि प्रश्न उठिरहनेछ।

तर अझै पनि आशा मरेको छैन।

किनकि जनताको चेतना जिउँदो छ,

सत्य बोल्ने आवाजहरू अझै बाँकी छन्।

एक दिन तिमी साँच्चै जनताको बन्नेछौ,

जहाँ नेताभन्दा देश ठूलो हुनेछ,

पार्टीभन्दा जनता ठूलो हुनेछ,

र सत्ताभन्दा मानवता ठूलो हुनेछ।

त्यो दिन

साँचो अर्थमा गौरवको इतिहास बन्नेछ।

✍️ बिनोद बिष्ट, सन्देश 

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.