• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मेयर हमाल भन्छन् : बाजुराको लाम्पाटा घटनाको उच्चस्तरीय छानबिन होस्

धनगढी, ७ जेठ /  कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको लाम्पाटामा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन् । बुधबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै हमालले आफ्नो टोलीले त्यहाँ ड्रोन उडाएका कारण घटना नघटेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् । ‘ड्रोन उडाएर लाम्पाटामा घटना घट्यो भनिएको छ, त्यो गलत हो । प्रहरी प्रशासनबाट जुन सूचना दिइएको छ त्यो गलत छ,’ उनले भने ।

घटना जेठ २ गते नै घटिसकेको उनले दाबी गरे । ‘२ गते नै वडा सदस्यलाई पिटेर मर्ने हालतमा पु¥याएर उसलाई उपचारका लागि पनि जान दिइएको थिएन । कब्जा गरेर राखिएको थियो,’ उनले भने । उनको घर र रासन सबै कब्जा गरिएको उनले दाबी गरे ।

तर, त्यो विवादबारे आफूलाई पूर्वसूचना नभएको उनले बताए । उनले अगाडि भने, ‘हामी ५ गते मात्रै पुगेको हो त्यहाँ, हामी पुग्नुभन्दा अगाडि त हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई पिटिसकेका थिए । त्यहाँको अरु कर्मचारीलाई पिटिसकेका थिए । मोबाइल खोसिसकेका थिए ।’

ड्रोन उडाएर घटना भयो भन्नु हाँस्यास्पद रहेको उनले दाबी गरे । आफू बाजुराको रानीसैन सुन्दर ठाउँ छ भनेर त्यहाँको प्रवद्र्धन गर्न टोलीसहित जान लागेको उनले बताए । तर, विवादका कारण टोली नै लखेटिन परेको बताए ।

‘रानीसैन धेरैलाई थाहा छैन, आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको ध्यान जाला, बाटोघाटो पुग्ला, मान्छे पुगे त्यहाँको सामान बिक्रि होला भन्ने हिसाबले त्यो सुन्दर ठाउँ देखाउन गएको हो । त्यो पवित्र उद्देश्य हो हाम्रो,’ उनले भने ।

त्यो घटनामा पत्रकारका ड्रोन फुटालिएको, क्यामरा खोसिएको र समाचार संकलन पनि गर्न नदिएको उनले बताए । ‘हाम्रो टिममा पनि पत्रकार जानुभएको थियो । उहाँहरूलाई समाचार संकलन गर्न दिइएन,’ उनले भने ।

यसको उच्चस्तरीय छानबिन हुनुपर्ने उनले माग गरे । ‘यसको उच्चस्तरीय छानबिन होस् र छानबिन भएर दोषी को हो रु दोषी ड्रोन उडाउने हामी दोषी हौँ, हाम्रो कारणले यो घटना भएको हो भने सजाय भोग्न तयार छौं,’ उनले भने ।

प्रहरी प्रशासनबाट अफवाह फैलाएको भन्दै उनले खेद प्रकट गरेका छन् । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयमा मंगलबार विवाद भएको थियो । हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच भएको झडपमा ६ जना घाइते भएका थिए । प्रहरीले पहिले भएको विवाद मिलाइसकेका अवस्थामा मेयर हमालको टोली ड्रोनसहित पुग्दा फेरि चर्किएर झडप भएको भनिरहेको छ ।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.