धनगढी २५ बैशाख/बाल्मिकी इन्टरनेशनल स्कुलद्वारा आयोजना गरिएको “बाल्मिकी एसईई कप फुटसल च्याम्पियनसिप २०८३ तेस्रो संस्करण” को शुक्रबारदेखी धनगढीमा सुरु भएको छ । १० टिम सहभागिता रहेको फुटसल प्रतियोगिताको एक कार्यक्रमको आयोजिना गरि शुभारम्भ गरिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय तथा युवा क्लबहरूको सहभागिता रहेको छ ।
बाल्मिकी इन्टरनेशनल स्कुल अध्यक्ष दिनेश भण्डारीको अध्यक्षताम भएको कार्यक्रममा नागरिक समाजका खडकराज जोशी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, बाल्मिकी इन्टरनेशनल स्कुलका निर्देशक अजय पाण्डेय, प्राधानाध्याक द्रोनाशिश न्यौपाने अतिथी रहेका थिए । कार्यक्रमको संचालक शिक्षक करन बानियाले गरेको थिए ।
प्रतियोगितामा समूह विभाजनअनुसार समूह ‘ए’ मा बीपी एफएस, चैतन्य स्कुल र शिवशक्ति वाइसी रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा जेएस–१ धनगढी, एमएफसी र द थन्डर्स परेका छन्। समूह ‘सी’ मा खप्तड वोल्भ्स, सुपर मुन वाइसी र द ४ जीपीए रहेका छन् भने समूह ‘डी’ मा बाल्मिकी टिम, धनगढी वारियर्स र गौरी शंकर रहेका छन्।
प्रतियोगितामार्फत विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई कक्षा ११ भर्नामा विशेष छुटको व्यवस्था गरिएको पनि विद्यालयले जानकारी दिएको छ।
बाल्मिकी इन्टरनेशनल स्कुलले विगत केही वर्षदेखि खेलकुदसँगै शैक्षिक तथा सह-पाठ्यक्रम गतिविधिलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।