धनगढी, ९ बैशाख/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नवयुवाहरुको आन्दोलन पछिको परिवर्तन अनुसार स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनका लागि संघ सरकारले वाताबरण निर्माण गर्नुपने आग्रह गरेका छन् । बुधबार धनगढीमा संचारकर्मी संगको भेटमा उनले सरकारका नयाँ जनदेश आईसकेकोले प्रदेश र स्थानीय तहमा पनि आउनुपर्ने बताएका छन् ।
भाद्र २३ र २४ गतेको नव युवाको आन्दोलनको भावना अनुसार संघ सरकार निर्माण भए जसरीनै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाडो हुनुपर्नेमा जोड दिएका छन् । अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताएका छन् ।
