धनगढी, ५ बैशाख/श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको दार्चुलामा पुल बनाउने अभियानका लागि ८५ श्रमदता दार्चुला गएका छन् ।
७५ जना धरान र १० जना काठमाण्डौका श्रमदाताहरु आज दार्चुला प्रस्थान गरेका छन् । धनगढीबाट दुई बसमा दार्चुला लागि गएका छन् । उनीहरु भोली दार्चुला पुग्ने कार्यक्रम रहेको फिल्डी म्यानेजर ऋतुबर्तन राईले जानकारी दिएका छन् ।
धरानबाट गोपाल राईको संयोजकत्वमा ७५ जना जान लागेका हुन् । काठमाण्डौ र धरानबाट आएको टोलीले दुई हप्ता श्रमदान गर्ने बताईएको छ । उक्त टोलीले स्थानीयको घर र टेन्टमा बस्ने भएको बताउदै फिल्ड म्यानेजर राईले सबैलाई खानाको व्यबस्थापन भने समुहिक मेस संचालन गरिने बताएका छन् ।
अभियानलाई सघाउन श्रम संस्कृति पार्टीका कार्यकर्ता तथा समर्थकहरू विभिन्न स्थानबाट दार्चुला पुग्ने अभियान रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने जुन अभियान सुरु गरेका छन् ।
स्थानीय बासिन्दाहरूले वर्षौँदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य लागि श्रमदान अभियान चलाएर झोलुङ्गे पुल निर्माण गरिरहेका छन् ।
