• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सत्यराज जोशीद्वारा लिखित पुस्तक ‘कर्मपथ’ को परिचर्चा

धनगढी, २९ चैत /   सत्यराज जोशीद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक ‘कर्मपथ’ केवल पुस्तक औपचारिक परिचर्चामा सीमित रहेन, बरु विचार, चिन्तन र कर्मबारे बहसको मञ्च बन्यो। आइतबार धनगढीस्थित जनपुस्तकालय हलमा आयोजित कार्यक्रममा पुस्तकको विषयवस्तुभन्दा बढी यसको सन्देश र दृष्टिकोणमाथि गहिरो छलफल भयो।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरू डा.ठाकुर ढुङ्गेल र डा. सिताराम भट्टले ‘कर्मपथ’ लाई सरल प्रस्तुति, संरचनात्मक स्पष्टता र पाठकमैत्री शैलीको उदाहरणका रूपमा व्याख्या गरे। उनीहरूले पुस्तकमा प्रयोग गरिएका सहायक शीर्षक र तस्बिरले पाठकलाई ‘पढ्दै बुझ्ने’ मात्र नभई ‘हेर्दै महसुस गर्ने’ अनुभव दिने बताएका छन्।

पुस्तकको मूल सन्देश “आफ्नो कर्ममा विश्वास”लाई समिक्षकहरूले आजको समाजका लागि आवश्यक दृष्टिकोणका रूपमा प्रस्तुत गरे। भट्टले पुस्तकलाई पूर्वीय र पाश्चात्य दर्शन जोड्ने सेतुको रूपमा व्याख्या गर्दै, “समाजको समृद्धि त्यहाँका मानिसको चिन्तनसँग जोडिएको हुन्छ,” भने।

कार्यक्रममा लेखक जोशीले आफ्नो वैचारिक यात्राको मूल प्रश्न ‘किनरु’ भएको बताए। महाभारत र रामायणबाट प्रेरित हुँदै उनले कर्मलाई निरन्तर प्रक्रिया भएको र परिणामभन्दा कारणको खोजी महत्वपूर्ण हुने धारणा राखे। “किनको जवाफ भेटेपछि ‘कसरी’ आफैँ देखा पर्छ,” उनले भने।

जोशीले मलेसिया, श्रीलंका र भारत लगायत देशमा आफ्नो अनुसन्धान प्रस्तुत गरिसकेका छन्। धनगढी उपमहानगरपालिका-१२ का स्थायी बासिन्दा उनी हाल काठमाडौंमा अध्ययन, अध्यापन र अनुसन्धानमा सक्रिय छन्।

आइतबार, चैत २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.