धनगढी, २७ चैत / कैलाली जिल्लाको जानकी गाउँपालिका – १ दुर्गौली चोकमा थारु समुदायको पहिचान झल्किने प्रतिमा निर्माण गरिएको छ।
उक्त प्रतिमाले थारु समुदायको संस्कृति, परम्परा तथा जीवनशैली झल्काउने उद्देश्य राखिएको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताए । स्थानीय समुदायको पहलमा निर्माण गरिएको यस प्रतिमाले थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
