• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वास्थ्य विमा बोर्ड स्थापना दिवसमा महत्वको चर्चा : नागरिकलाई ठूलो सहारा

धनगढी, २५ चैत/ स्वास्थ्य बिमा बोर्डको स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको अध्यक्षता स्वास्थ्य बिमा सुदूरपश्चिम प्रदेश निर्देशक जनक साउँदले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले स्वास्थ्य बिमा कार्यक्रम अप्ठ्यारो अवस्थामा परेका व्यक्तिहरूका लागि ठूलो सहारा भएको बताए । उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेख गरे ।

सचिव रेग्मीले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका नागरिकहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य बिमा सेवाको गुणस्तर सुधार, सहज पहुँच र पारदर्शितामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । साथै, सबै तहका सरकार तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष जनक साउँदले स्वास्थ्य बिमा कार्यक्रमलाई जनताको पहुँचसम्म पु¥याउन निरन्तर प्रयास भइरहेको बताए । उनले बिमा कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गलाई उपचारमा सहजता प्रदान गरिरहेको उल्लेख गरे । साथै उनले स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकको सक्रिय सहभागिताले मात्रै कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे ।

सूचना अधिकारी दिनेश चौधरीले आफ्नो प्रस्तुतिमा स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य, उपलब्धि तथा चुनौतीहरूबारे जानकारी गराएका थिए । उनले बिमा कार्यक्रममार्फत हजारौं नागरिकले स्वास्थ्य सेवामा पहुँच पाएको र यसले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । तथापि, अझै पनि सबै नागरिकलाई कार्यक्रममा समेट्न चुनौती रहेको उनले स्वीकार गरे । कार्यक्रमको सञ्चालन अमित भट्टले गरेका थिए भने स्वागत मन्तव्य दिपक विष्टले व्यक्त गरेका थिए । सूचना अधिकारी दिनेश चौधरीले स्वास्थ्य बिमा सम्बन्धी प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दर्ता सहयोगी कर्णप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । उनलाई सबैभन्दा बढी योगदान रकम संकलन गरेको भन्दै प्रशंसा पत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा सहभागीहरूले उनको कार्यप्रति उच्च सम्मान व्यक्त गरेका थिए । यसले अन्य दर्ता सहयोगीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

बुधबार, चैत २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.