काठमाडौं, २१ चैत / कलाकार सागर लम्साल बले पक्राउ परेका छन् ।
बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप लागेको छ।
कार्यक्रमको सिलसिलामा अमेरिका गएको बेला युवतीलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत युवतीले लगाएकी छन्।
