• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उपसभामुख पाउने आशामा नेकपाको सभामुखमा रास्वपालाई समर्थन

धनगढी, २० चैत  / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने भएको छ । अर्याललाई समर्थन गर्ने तयारी गरेर नेकपाले सत्तापक्षमा उभिन खोजेको सन्देश दिने तयारी गरेको छ । यद्यपि, नेकपाले उपसभामुखमा आस गर्ने अनुमान पनि भइरहेको छ । जुन, संसदको पहिलो बैठकमा नेकपाका नेता वर्षमान पुनको सम्बोधनमा झल्किन्थ्यो । धेरै नेताको लिखित सम्बोधन हुँदैगर्दा पुनको सम्बोधन मौखिक थियो । संसदको पहिलो दिनको बैठकमा कमजोर प्रस्तुति पनि तिनै पुनको थियो । त्यसो त, हरेक पार्टीका प्रमुखले सम्बोधन गर्दा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुनलाई अघि सारे । त्यसो गर्नुमा प्रचण्डले आफूपछि पुन रहेको सन्देश दिन खोजेका हुन सक्छन् ।

तर, पुनको जति फितलो प्रस्तुति थियो, नेकपा त्यसरी नै फितलो गरी प्रस्तुत हुँदै छ । संसदमा पुनले सत्तापक्षसँग बढ्ता आशा गरेको सन्देश दिइरहेका थिए । उनमा हतास मनोविज्ञान पनि थियो । सत्तासँग नजिक हुने नेकपाको चरित्र पनि पुनले रोस्ट्रमबाट देखाइरहेका थिए । त्यसको कारण दुईवटा हुन सक्ने आकलन भइरहेको थियो । एक, रास्वपासँग साथ लागेर उपसभामुख लिने । दोस्रो, पार्टीका नेताहरूको संरक्षण ।

रास्वपालाई साथ दिँदा उसले उपसभामुख दिन सक्छ भन्ने आस नेकपाले पहिलादेखि गरेको थियो । त्यसो गर्दा संवैधानिक परिषद‌्‌मा दुई जना सदस्य हुने नेकपाको बुझाइ थियो । त्यति मात्र होइन, राष्ट्रियसभामा दोस्रो दल भएको रास्वपालाई पनि फाइदा हुने बुझाइमा नेकपाका नेताहरू थिए । तर, रास्वपाले नेकपालाई साथ नदिने संकेत गरिसकेको छ । प्रधानमन्त्री वालेन्द्र शाह कम्युनिस्टहरूसँग सहकार्य नगर्ने अडानमा छन् । उनको यो अडान भने चुनावअघि नै रहेको थियो । रास्वपा स्रोतका अनुसार चुनावअघि वालेन्द्र शाहले दुईवटा अडान राखेका थिए । एक, बहुमत नआए प्रधानमन्त्री नहुने । दोस्रो, कम्युनिस्टसँग मिलेर सरकार नबनाउने ।

चुनावी नतिजा शाहका लागि दुवै मुद्दामा सहज भइदियो । प्रचण्डसँग तुलनात्मक रूपमा संवादमा रहेका सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल थिए । उनीहरू प्रचण्डलाई साथ लिँदा राष्ट्रियसभामा सहज हुने अनुमानमा थिए । त्यसकारण चुनावअघि पनि उनीहरूबीच संवाद भने भइरहेको थियो । तर, अहिले रास्वपा प्रचण्डलाई साथ लिने पक्षमा देखिएको छैन ।

बरु राप्रपालाई साथ लिएर उपसभामुख दिने पक्षमा पुगेको छ । राप्रपालाई उपसभामुख दिएर पहिलोपटक कम्युनिस्टहरूलाई सदनमा कमजोर देखाउने दाउमा रास्वपा छ । अनि २०६२ सालपछि पहिलोपटक राजावादी दलका सांसद संवैधानिक परिषद्‌मा उपस्थिति जनाउँदै छन् । अर्कातिर पुनले आफ्ना नेताहरू जोगाउने रणनीतिअनुसार संसदमा प्रस्तुत भएको विश्लेषण पनि छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले प्रचण्डको पनि सम्पत्ति शुद्धीकरणमा छानबिन गरिरहेको छ । त्यसबाहेक अन्य नेताहरू पनि पर्ने सम्भावना छ । त्यो डरले पनि नेकपा अहिले उपसभामुख नपाएपछि रास्वपासँगै मिल्ने लाइनमा देखिएको हुन सक्छ । नेकपाले निस्सर्त सभामुखमा अर्याललाई समर्थन गर्ने निर्णयले त्यही संकेत गरेको देखिन्छ ।

अर्कातिर, एमालेलाई थप कमजोर बनाउने रणनीतिमा पनि नेकपा देखिन्छ । एमालेसँग मिल्ने वा सहकार्य गर्नेभन्दा पनि एमालेलाई कमजोर बनाउँदा नेकपाको राजनीतिक प्रभाव बढ्ने बुझाइ पनि देखिन्छ । त्यसले गर्दा पनि रास्वपासँग मिल्ने प्रचण्ड नीति देखिन्छ ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.