• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विद्यालय शिक्षा सुधारमा नयाँ अध्याय, TECSES परियोजना कार्यान्वयनमा

धनगढी, १७ चैत्र /  नेपालको विद्यालय शिक्षा प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको प्राविधिक सहयोगमार्फत विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना (TECSES) को सुदूरपश्चिम प्रदेशमा औपचारिक शुभारम्भ गरिएको छ।

धनगढीमा आयोजित कार्यक्रममा संघीय तथा प्रदेश सरकारका उच्चस्तरीय प्रतिनिधि, फिनल्यान्ड दूतावास, युरोपियन युनियन, स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रमा क्रियाशील विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फिनल्यान्ड र युरोपियन युनियनको संयुक्त लगानीमा सञ्चालन भइरहेको यो परियोजनाले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ। परियोजनाले गुणस्तरीय र समावेशी शिक्षामा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयहरू तथा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

यो परियोजना कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा लागू भइरहेको छ। सन् २०२४ मा कर्णालीबाट सुरु भएको कार्यक्रम अहिले अन्य दुई प्रदेशमा विस्तार भएको हो। पाँच वर्षे अवधिको यस परियोजना सन् २०२९ सम्म सञ्चालन हुने बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा परियोजनाको उद्घाटन सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका हुन् भने कार्यक्रमको अध्यक्षता मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले गरेका थिए। कार्यक्रममा लक्षित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरूको सक्रिय उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले सक्षम र स्वस्थ नागरिक निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै TECSES परियोजनाले त्यस दिशामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। उनले परियोजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए।

परियोजनाले संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शिक्षक शिक्षाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने जनाएको छ। शिक्षा तालिम केन्द्र, शिक्षा विकास निर्देशनालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालय प्रमुख साझेदारका रूपमा रहेका छन्। परियोजनाले प्रदेशका नौ वटा स्थानीय तहसँग मिलेर विद्यालय र शिक्षकलाई सशक्त बनाउने काम गर्नेछ।

यसैबीच, सुदूरपश्चिम विश्वविद्यालयमार्फत दुई विषयमा विशेषज्ञतासहितका नयाँ पाठ्यक्रम विकास भइरहेको जनाइएको छ, जसले शिक्षक शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

परियोजनाका प्रादेशिक संयोजक रामदास चौधरीले स्थानीय तह, शैक्षिक संस्था तथा साझेदार निकायसँग समन्वय गर्दै काम भइरहेको जानकारी दिए। उनले शिक्षकहरूको आत्मविश्वास वृद्धि हुँदै गएको र विद्यालयहरू विशेषगरी सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाका लागि थप समावेशी बन्दै गएको अनुभव सुनाए।

फिनल्यान्ड नेपालका लागि दीर्घकालीन शिक्षा साझेदारको रूपमा परिचित छ। यसले शिक्षामा पहुँच विस्तार, गुणस्तर सुधार तथा समावेशितामा निरन्तर योगदान दिँदै आएको छ। परियोजनामा फिनल्यान्डका विभिन्न शैक्षिक संस्था तथा गैरसरकारी साझेदारहरूको प्राविधिक सहयोग रहेको छ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.