• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

हिउँदे अधिवेशन अझै अन्योलमा

कैलाली । कानुन निर्माण गर्ने प्रमुख थलोका रूपमा रहेको सुदूरपश्चिम प्रदेश सभा बैठक चार महिनादेखि बस्न नसक्दा विभिन्न महत्वपूर्ण विधेयक अलपत्र परेका छन् ।

परम्परा अनुसार पुस/माघमै आह्वान गरिनुपर्ने हिउँदे अधिवेशन यस वर्ष भने अझै सुरु हुन सकेको छैन । गत जेठ ११ देखि सुरु भएको बजेट अधिवेशन माघ २५ गते अन्त्य गरिएपछि नयाँ अधिवेशन बोलाउनेबारे कुनै ठोस पहल भएकोे छैन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले चैतभित्रै प्रदेश सभा अधिवेशन बोलाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले वन ऐन संशोधन विधेयक, टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक, बडघर भलमनसा प्रथासम्बन्धी विधेयक, दलित सशक्तीकरण संशोधन विधेयक, स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन संशोधन विधेयकलगायत आठ वटा विधेयक हाल दर्ता अवस्थामा रहेको जानकारी दिँदै यो महिनाको अन्तिममा सदनमा पेस गरी छलफल अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले सदनमा प्रवेश पाइसकेका विधेयकमा समेत गम्भीर छलफलको वातावरण बनाउन सबै प्रदेश सभा सदस्यलाई आग्रहसमेत गर्नुभयो । सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा अहिले आठ वटा संशोधनसहितको विधेयक दर्ता रहेको अवस्थामा ढिलो नगरी बैठक आह्वान गर्नुपर्ने बताउनुभयो ।

केही दिनअघि मात्र नेपाली कम्युनिस्ट पार्टी प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न मुख्यमन्त्री शाहलाई ध्यानाकर्षणपत्र बुझाउँदै एक साताको समय दिएको थियो ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकपाले प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएर अहिलेसम्म हिउँदे अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि जनाएको छ । प्रदेश सरकारले बैठक बोलाउन आनाकानी गरिरहेको प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताउनुभयो । उहाँले सदन नचल्दा जनताका समस्या उठाउन नपाएको र कानुन निर्माण प्रक्रिया पूर्ण रूपमा प्रभावित बनेको बताउनुभयो ।

नयाँ आर्थिक वर्षको बजेट तयारीको समय नजिकिँदै गर्दा पनि अधिवेशन सुरु नभएकाले नीतिनिर्माण कार्यान्वयनमा समेत गम्भीर असर परेको उहाँको भनाइ छ ।

मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.