धनगढी १३ चैत/कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले ४७ वर्षीय दुर्गा अर्खालीको भीरबाट लडेर मृत्यु भएको बताए ।
उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए । तर, साँझ ढल्किँदासम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गरेका थिए। खोजीका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन् ।
