• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गौशाला व्यवस्थापनमा पालिका नै सक्रिय

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सडकमा हुने दुर्घटना न्यूनीकरण र किसानको बालीनाली जोगाउन गाउँपालिकाले वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेर छाडा चौपाया व्यवस्थापन गर्दै आएको भए पनि गौशाला सञ्चालक समितिबाट उचित व्यवस्थापन हुन नसकेपछि पालिकाले आफैँले व्यवस्थापन लागेको बताउनुभयो ।

गाउँपालिकाले प्रदेश सरकारसँगको समन्वयमा गौशालामा तीन वटा ठुला आधुनिक ट्रस, गाईले सहज रूपमा घाँस खानका लागि डुँडहरू निर्माण, मूत्र सङ्कलन र मल भण्डारण कक्ष जस्ता आधुनिक पूर्वाधार निर्माण गरिसकेको छ । खानेपानीका लागि बोरिङ जडान र सुरक्षित घेराबार निर्माण गरिएको छ ।

पूर्वाधार सम्पन्न भए तापनि गौशाला व्यवस्थापन समितिको कार्यशैलीमा देखिएको केही कमजोरी र नियमित अनुगमनमा भएको कमीले गर्दा पशुको संरक्षण र स्याहारसुसारमा केही व्यावहारिक जटिलता उत्पन्न भएको अध्यक्ष कुवँरले स्विकार्नुभयो । उहाँले भन्नुभयो, “गौशालालाई अबका दिनमा एउटा जीवन्त र नमुना केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले वर्तमान व्यवस्थापन समिति खारेज गरी आफैँ प्रत्यक्ष सञ्चालन र निगरानी गर्ने निर्णयमा पुगेको छ ।” उहाँले गौशालाकै प्रयोजनका लागि छुट्टै ट्याक्टर, ट्रली र हैरोको व्यवस्था, समयमै आहार सङ्कलनको व्यवस्था, पशु चिकित्सकद्वारा नियमित स्वास्थ्य परीक्षण, गौशालाको हाताभित्रै उन्नत जातको घाँस खेती गरी वर्षभरि पर्याप्त आहारको सुनिश्चितता गरिने जानकारी दिनुभयो ।

गौशाला व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्ने भएको छ । साथै आफ्ना पशुलाई बेवारिसे रूपमा सडकमा छाड्ने किसानलाई पहिचान गरी दण्डित गर्ने कडा नीति ल्याउने पनि बताएको छ । हाल गौशालामा २४० गाई रहेका छन् । तिनको रेखदेखमा छ जना कार्यरत छन् । तीमध्ये चार कर्मचारीले गाईलाई जङ्गलमा चराउन लैजाने गर्छन् भने दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्छन् । गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि सो रकम कर्मचारीको तलबमै धेरै खर्च हुने हुँदा गाईको दानापानी व्यवस्थापनमा अपुग भएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष देव चौधरीले बताउनुभयो । गौशालाको नाजुक अवस्थाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजसेवी भीम उपाध्यायको पहलमा आर्थिक सहयोग जुटाई अहिले पोसिलो घाँस, पराललगायत खानेपानी भकारो सुधारमा सहयोग प्राप्त भएको छ ।

बुधबार, चैत ११, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.