• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा सङ्कलनमा जुटे

बाजुरा । बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् ।

केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको भन्ने सूचना पाएपछि उनीहरूले खाना पकाउने वैकल्पिक स्रोतका रूपमा वनबाट दाउरा सङ्कलन गर्न थालेका हुन् ।

बुढीनन्दा नगरपालिका निवासी पारु रोकायाले बजारमा ग्यास नपाइने भन्ने सुनेपछि दाउरा जोहो गर्न थालेको बताउनुभयो ।उहाँका अनुसार दैनिक रूपमा दाउराकै प्रयोग हुने भए पनि कहिलेकाहीँ ग्यास प्रयोग गरिँदै आएको थियो ।

तर, ग्यास अभावको हल्लापछि पुनः दाउरामै निर्भर हुनुपरेको उहाँले उल्लेख गर्नुभयो ।यहाँका धेरैजसो स्थानमा विशेष गरी वर्षा र खेतीपातीको समयमा ग्यास प्रयोग हुने गरेको पाइन्छ ।

पछिल्लो समय ग्यास अभावको चर्चा बढ्न थालेपछी त्यस समयलाई लक्षित गर्दै महिलाले दाउरा सङ्कलन गर्न थालेका हुन् । यद्यपि केही स्थानीयले गाउँ क्षेत्रमा ग्यास अभावको प्रभाव खासै नपरेको बताएका छन् ।

बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारस्थित विनोद जनरल स्टोरका सञ्चालक भगतराज गिरीका अनुसार बजारमा ग्यास अभाव भएको चर्चा चले पनि बाम्का लगायतका बजारमा हालसम्म त्यस्तो समस्या नदेखिएको बताउनुभयो ।

उहाँले हालसम्म ग्राहकलाई नियमित रूपमा ग्यास उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।गिरीका अनुसार ग्यासको खरिद मूल्य बढेका कारण बिक्री मूल्य पनि वृद्धि गरिएको छ ।

ढुवानी खर्च बढ्दा मूल्यमा थप प्रभाव परेको उहाँले बताउनुभयो । हाल पसलमा सीमित मात्रामा सिलिन्डर मौज्दात रहेकाले ती बिक्री नभएसम्म नयाँ ग्यास नल्याइने पनि उहाँको भनाइ छ ।

जिल्लामा सबैभन्दा बढी ग्यास खपत बुढीगङ्गा नगरपालिकामा हुने गरेको छ ।दाउराको अभाव भएका क्षेत्रमा ग्यासको प्रयोग बढी हुने र दाउरा उपलब्ध हुने ठाउँमा अझै पनि परम्परागत रूपमा दाउराकै प्रयोग हुने गरेको स्थानीयको भनाइ छ ।

पहिले वन क्षेत्रमा दाउरा सहजै उपलब्ध हुने भएकाले ग्यासको प्रयोग न्यून थियो ।तर, वनहरू सामुदायिक व्यवस्थापनमा गएपछि दाउरा सङ्कलनमा कडाइ गरिएकाले गाउँ बस्तीमा ग्यासको प्रयोग बढ्दै गएको बताइएको छ ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.