• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसपिए कैलाली प्राइड लिग: बुढीगंगा,घोडाघोडी र पुनर्वास नगरपालिका बी सेमिफाइनलमा प्रवेश

धनगढी /धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा बाजुराको बुढीगंगा नगरपालिका,कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका बी सेमिफाइनलमा प्रवेश गरेका छन । सोमबार सम्पन्न खेलमा पुनर्वास नगरपालिका बी ले टिकापुर नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनलको टिकट पक्का गरेको हो । पुनर्वास नगरपालिका बीले दिएको १६७ रनको लक्ष्य पछ्याएको टिकापुर १२।५ ओभरमा मात्र ५४ रनमै समेटिएको छ । टिकापुरका लागि कप्तान ट्रभिस जोशीले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन । पुनर्वासका लागि यु१९ टोलीका कप्तान अशोक धामी एक्लैले ४ विकेट चट्काए । अन्य बलरले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुनर्वास नगरपालिका बीले १९।५ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन बनाएको थियो । उस्का लागि नरेन भट्टले सर्वाधिक ३८ रन बनाए । त्यस्तै अभिषेक पालले २५,आशिष लुहारले २४,अशोक धामीले २३ र कप्तान नारायण जोशीले १८ रनको योगदान दिए । टिकापुरका लागि तुल बहादुर थापामगरले ३ विकेट लिदा,कप्तान ट्रभिस जोशी,सोलुप चौधरी र तुल बहादुर थापाले समान दुई दुई तथा पारस तिमिल्सिनाले एक विकेट लिए ।

आजै सम्पन्न पहिलो खेलमा बरदगोरीया गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै आलिताल गाउँपालिकाले सेमिफाइल पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको आलिताल गाउँपालिकाले बरदगोरीयालाई १८।१ ओभरमा अलआउट गर्दै मात्र ९० रनमा रोकेको थियो । ९१ रनको झिनो लक्ष्य पछ्याएको आलितालले कप्तान दिल बोहराको आक्रामक ४४ रनको अविजित पारीको मद्दतले १०।५ ओभरमा ३ विकेट गुमाएर सजिलै जित दर्ता गर्यो । बोहराले मात्र २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । निराजन गौतम १९ रनमा अविजित रहँदा राजु रिजालले १६ रनको योगदान दिए । बरदगोरीया गाउँपालिकाका लागि रोशन रावलले २ विकेट लिँदा अन्य बलर विकेटविहिन भए ।

यसअघि टस जित्दै पहिला ब्याटिङ गरेको बरदगोरीया गाउँपालिकाले १८।१ ऋोभरमा सबै विकेट गुमाउँदै मात्र ९० रन बनाउन सक्यो । उस्का लागि दिपक कुडमालले सर्वाधिक २२ रन बनाउनु बाहेक अन्य ब्याटरले बिर्सनलायक प्रर्दशन गरे । आलिताल गाउँपालिकालाई जित दिलाउन निराजन गौतम एक्लैले ४ विकेट चट्माए । मात्र २।१ ओभर बलिङ गरेका गौतमले १० रन खर्चिदै ४ विकेट लिएका हुन । अलराउण्ड प्रर्दशन गरेका गौतम म्यान अफ दी म्याच पनि चुनिए । निरज ऐर,दिपक टमाटा र कप्तान दिल बोहराले समान एक एक विकेट लिए ।

मंगलबार हुने धनगढी उपमहानगरपालिका र आलिताल गाउँपालिका बीचको विजेता टोली सेमिफाइनल पुग्ने चौथो टोली बन्नेछ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५÷१५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।

 

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.