धनगढी, २६ फागुन / अब बन्ने सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन सक्नु पर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । आज मुख्यमन्त्री शाहले निवासमा पत्रकार सम्मेलन गर्दै मूलुकलाई निकास दिन वर्तमान सरकारले गरेको कामको प्रशंसा गर्दै भावी अब बन्ने सरकारले जन भावना अनुसार नै काम गर्नु पर्ने बताए ।
नव निर्वाचित प्रतिनिधि सभाका सबै सदस्यलाई बधाई दिदै मुख्यमन्त्री शाहले कसरी हुन्छ, संघीय ब्यवस्थालाई उत्कृष्ट बनाउन सबैले लाग्नु पर्ने बताए । पुराना राजनीतिक दलहरुले पनि आन्तरीक सुधार गर्दै अहिलेको जनमतलाई स्विकार गर्नु पर्ने र राज्य सञ्चालनमा समेत सहज वातावरण निमार्ण गर्न भूमिका खेल्नु पर्ने मुख्यमन्त्री शाहको भनाई रहेको थियो ।
काँगे्रस सुदूरपश्चिममा कमाजोर भएको हो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने , ‘अहिलेको र्वतमान अवस्थामा देश र समग्र कांग्रेसी जनहरुलाई एकता सहितको कांग्रेस अपिहार्य रहेको बताए ’ । विशेष अधिवेशन भन्दा अगाडीको कांग्रेसमै आएर नियमित अधिवेशनमा पनि समयमै जानु पर्नेमा उनले जोड दिए ।