काठमाडौं २६ फागुन/आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ ।