बैतडी, २४ फागुन / बैतडीमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना शुरु भएको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि आज दिउँसोदेखि समानुपातिकतर्फको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।
जिल्ला अदालतको भवनमा स्थानीय तह अनुसार मतगणना कार्य भइरहेको भट्टले जानकारी दिए । फागुन २१ गते भएको निर्वाचनमा बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो ।
यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।
