• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रिय गगन दाइ, अनुहारको राजनीति भन्दा भरोसाको समाज सही

प्रिय गगन दाइ,
राजनीतिमा कहिलेकाहीँ शब्दभन्दा पनि अनुहार बोल्छ। विचारभन्दा पनि छविले चुनाव जिताउँछ वा हाराउँछ। यही सन्दर्भमा तपाईंले एक समय भन्नुभएको थियो- “देउवाको अनुहार लिए काँग्रेस सखाप हुन्छ।” सायद त्यसैले होला, तपाईंले आफ्नै अनुहार, आफ्नै शैली र नयाँ पुस्ताको भाष्य लिएर मैदान रोज्नुभयो। तर आजको परिणाम आफैंमा एउटा प्रश्न बनेर उभिएको छ-के केवल अनुहार बदल्दा राजनीति बदलिन्छ ?

जेन–जी विद्रोहपछि पुराना राजनीतिक दलमाथि चारैतर्फबाट आक्रमण भयो। त्यसको प्रत्यक्ष प्रभाव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि पर्‍यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्ने प्रयास हुँदा एमालेका महेश बस्नेतले उनलाई “फलामे वार” जस्तै संरक्षण दिएर राजनीतिक इमानदारी पनि देखाए। सबैलाई त्यो राम्रो लाग्ला भन्ने छैन, तर घरको अभिभावकलाई संरक्षण गर्नु दायित्व पनि हो। यसलाई अभिभावकप्रतिको बफादारीता भन्न सकिन्छ। यो चुनाव हारियो होला, तर लोकतान्त्रिक पद्धतिमा परिणाम स्वीकार्नु पनि आवश्यक हुन्छ। राजनीतिमा इमानदारीता र बफादारीता भन्ने यी दुई शब्दले गहिरो प्रभाव पार्छन्।

गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा कुटपिट गरिएको घटना निकै दुर्भाग्यपूर्ण थियो। राष्ट्रकै सबैभन्दा ठूलो दलका सभापति, भद्र र मिलनसार स्वभावका व्यक्तिमाथि यस्तो अमानवीय व्यवहार हुनु कुनै पनि दृष्टिले राम्रो मान्न सकिँदैन।

यस घटनापछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवालाई किनारा लगाउने अवसरको रूपमा यसलाई प्रयोग गरेको जस्तो देखियो। पूर्वीय स्वार्थी राजनीतिका चतुर खेलाडी मानिने गगन-विश्वले समय र कमजोरीको भरपूर फाइदा उठाए भन्ने आरोप पनि लाग्यो। देउवाले सिकाएका र देखाएका बाटाहरूलाई नै अन्ततः बुढेसकालमा पीडा र अपमानको रूपमा फर्काइयो भन्ने गुनासो पनि सुनियो।

यदि गगन सभापति बन्नु केवल सीमित समयका लागि गरिएको व्यवस्था हो भने, त्यो निर्वाचन प्रहरीको म्यादी पदजस्तै ‘म्यादी सभापति’ जस्तो देखिन सक्छ। त्यसैले नैतिकताको आधारमा हेर्दा, यदि वास्तवमै नैतिकता छ भने निर्वाचनपछि तपाईंले पनि राजीनामा दिनुपर्छ भन्ने आवाज उठ्नु स्वाभाविक हो।

हाम्रो नेपाली समाज, विशेषगरी सुदूरपश्चिमेली समाज, परम्परा र संस्कारले गाँसिएको समाज हो। यहाँ अग्रजप्रति सम्मान गर्ने संस्कार निकै गहिरो छ। यहाँ धेरैले नेता रोज्दा नीतिभन्दा पनि विश्वास रोज्छन्, विचारभन्दा पनि सम्बन्ध रोज्छन्। कतिपय अवस्थामा त आँखा चिम्लेरै अग्रजलाई विश्वास गर्ने चलन अझै बलियो छ। यो सुदूरपश्चिमेली र नेपाली समाजको विशेषता पनि हो।

राजनीतिक दलहरूभित्र पनि यही मनोविज्ञान काम गर्छ। पुस्ता परिवर्तनको आवाज जति ठूलो भए पनि समाजको मनभित्र अझै ‘अग्रजको छायाँ’ बलियो छ। त्यसैले नयाँ पुस्ताले केवल पुरानालाई आलोचना गरेर होइन, पुरानाको अनुभव र जनविश्वासलाई सम्मान गर्दै अघि बढ्नुपर्छ।

राजनीतिमा परिवर्तन केवल अनुहारले होइन, व्यवहारले आउँछ। नारा र भाषणले होइन, धैर्य र भरोसाले आउँछ। नयाँ पुस्ताले पुरानाको सम्मान र नयाँ सोचलाई सन्तुलनमा राख्न सके मात्र परिवर्तन स्थायी हुन सक्छ।

आजको परिणामले एउटा स्पष्ट सन्देश दिएको छ-नेपाली समाज अझै पनि भावनात्मक भरोसामा बाँचेको समाज हो। यहाँ नेताको अनुहार मात्रै होइन, उसको संस्कार, विनम्रता र अग्रजप्रतिको सम्मानले पनि मतदाताको मन जित्छ। राजनीतिमा नयाँ पुस्ताको आवश्यकता छ, तर त्यो नयाँपन परम्पराको अपमान होइन, त्यसको सम्मानसहितको रूपान्तरण हुनुपर्छ। किनकि नेपालजस्तो समाजमा परिवर्तनको बाटो विद्रोहभन्दा पनि विश्वासबाट खुल्छ।

अन्त्यमा एउटा प्रश्न उठ्छ—अनुहार बदल्दा राजनीति बदलिन्छ कि सोच बदल्दा ?

प्रिय गगन-विश्व दाइ, देउवाप्रति तपाईंहरूले अपनाएको व्यवहारलाई इतिहासले कसरी मूल्यांकन गर्ने हो, त्यो समयले बताउनेछ। तर राजनीतिमा अपमान स्वीकार गर्न सक्ने साहस पनि हुनुपर्छ।

यी शब्दहरू लेख्दा कसैले संगठनविरुद्ध गएको ठान्न सक्छ। तर यसको जवाफ तपाईंका सहकर्मी, हाम्रो बझाङका उम्मेदवार र बझाङका काँग्रेस कार्यकर्तालाई सोध्न सकिन्छ-मेरो वडा र बुथमा मैले कति मत दिलाएँ भनेर। म घात गर्ने मान्छे होइन, ईर्ष्या पनि राख्दिनँ। जे यथार्थ हो, भोलिका दिनमा जिम्मेवारी लिन सक्ने गरी स्पष्ट बोल्ने बानीले कहिलेकाहीँ म तितो देखिन सक्छु। तर यही मेरो नैतिकता हो।

ललिबहादुर सिह/लेखक बझाङ जिल्लामा समाजिक क्षेत्रमा सकृय व्यक्ती हुन् ।

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.