धनगढी, २३ फागुन/कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानासहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।
कैलाली क्षेत्र नम्बर ५ मा कुल ६२ हजार १४७ मत सदर हुँदा धरौटी जोगाउन ६ हजार २१५ मत प्राप्त गर्नुपर्ने थियो । एमालेका ढुंगानाले भने पाँच हजार ८३९ मत मात्रै पाए ।
(सबैको मतपरिणाम यस्तो छ)
