धनगढी, २३ फागुन/प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ३मा रास्वपाका जगतप्रशाद जोशी निर्वाचित भएका छन् । कुल ५९ हजार ७५९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत प्रसाद जोशी २० हजार ३५९ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३७६ मतान्तरले पराजित गरेका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरी ले ११ हजार ९८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका बिक्रम चौधरीले ६ हजार ७४७ मत, नेकपा एमालेका गौरिशंकर चौधरी ले ४ हजार ७५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बम ले २ हजार ३४७ मत प्राप्त गरेका छन् ।
