धनगढी, २३ फागुन/कैलालीको सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबारले लिड गरिरहेका छन् । फागुन २३ गते बिहान सम्मको मतपरिणम अनुसार सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार अग्रस्थानमा छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली ५मा आनन्दबहादुर चन्दले २०,१४३ मत ल्याएका छन् । उनलाई काँग्रेसका उम्मेदबार नरनारायण शाहले ७१४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रेम वहादुर आले ५६३८ प्राप्त गरेका छन् । एमालेका यज्ञराज ढुङ्गानाले ३८०५ मत प्राप्त गरेका छन् ।
कैलाली ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोईराला ४४३० मत ल्याएर अग्र स्थानमा रहेका छन् । रास्वपाका कोईरालालाई नेपाली काँग्रेसका गारखबहादुर बिष्ट आनन्दले १९९५ मतका साथ पछ्याएर दोस्रो स्थानमा रहेका छने । एमालेका लेखराज भट्टले १६७६ मत प्राप्त गरेका छन् ।
कैलाली ३मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रशाद जोशीले ११५५७ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले ७५४५ मत ल्याएका छन् । नेपाली काँग्रेसका भिम बडुवालले ४८९० मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरी ४६१६ मत प्राप्त गरेका छन् ।
कैलाली २मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले ४२८७ मत ल्याएर अग्रस्थानमा रहेका छन् । यो निर्वाचन क्षेत्रमा एमालेका सुर्यबहादुर थापाले २५५६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेसका बिजय स्वाँरले २०१६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका नन्द बहादुर साउँदले १९९४ मत प्राप्त गरेका छन् ।
कैलाली १मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १५०२१ मत ल्याएर अग्रस्थानमा छन् । नेपाली काँग्रेसका जनकराज चौधरीले ९७१७ प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगौरा थारुले ७१७७ प्राप्त गरेका छन् । एमालेका द्धवारीका न्यौपानेले ३१८६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।