धनगढी २३ फागुन/ कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले अगाडि रहेको छ ।
कैलाली ५ मा ४१, ४३५ मत गणना सम्पन्न हुँदा रास्वपाका उम्मेदवार आनन्द बहादुर चन्द २० हजार १४३ सहित अगाडि छन । उनलाई पछ्याइरहेको कांग्रेसले ७ हजार १४७ मत ल्याएको छ । काग्रेसबाट नरनारायण शाह उम्मेदवार छन ।
तेस्रोमा रहेको नेकपाका उम्मेदवार प्रेम बहादुर आलले ५ हजार ६३८ मत, चौथोमा रहेको एमालका यज्ञराज ढुङ्गानाले ३ हजार ८०५ मत ल्याएका छन ।
