धनगढी २२ फागुन/प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्म ७९ सय १६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द अग्रस्थानमा देखिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार आनन्दबहादुर चन्दले ३९४४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले ८४६ मत पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले १४७५ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आलेले ७८७ मत प्राप्त गरेका छन्।
मतगणना प्रक्रिया जारी रहेको र थप मतपरिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४१५ मत बदर भएका छन् ।