धनगढी २१ फागुन/कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु भएको छ। बैठक स्वास्थ्य तालिम केन्द्र, धनगढीमा सुरु भएको हो।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकमा निर्वाचनसँग सम्बन्धित व्यवस्थापन, मतगणनाको प्रक्रिया र आवश्यक समन्वयका विषयमा छलफल भइरहेको जनाइएको छ।
निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु गर्नुअघि सर्वदलीय सहमति र प्रक्रिया स्पष्ट पार्नका लागि बैठक आयोजना गरिएको मुख्य निर्वाचन अधिकृत भुवनसिह थापाले जानकारी दिएकाछन्।