धनगढी,२१ फागुन/कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी हात पात भएको छ ।
वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथी आक्रमण भएको हो जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। उनको टाउकोमा चोट लागेको छ ।
उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको बताईएको छ । घाईते वडा अध्यक्ष शाही काँग्रेसबाट निर्वाचित हुन । सोही वडाका एमालेबाट वडाध्यक्ष चुनाव लडेका राम भण्डारीको समूहले ढुङ्गा प्रहार गरेको बताइएको छ