• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घण्टीमा हालेको भोट बदर हुने

जनकपुर । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेसँगै उक्त क्षेत्रमा घण्टी चुनाव चिह्नमा हालिएको मत बदर हुने भएको छ। मतदान हुन दुई दिन बाँकी रहँदा आयोगले मंगलबार साहको उम्मेदवारी रद्द गरेको हो।

आयोगका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पाइएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) बमोजिम उनी उम्मेदवार हुन अयोग्य ठहरिएका हुन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा (२०) अनुसार उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार रद्द हुनुको अर्थ उक्त क्षेत्रमा सम्बन्धित दलले उम्मेदवारी नदिएको सरह हुने बताए । “उम्मेदवार नभएको चिन्हमा कसैले मत हाल्यो भने त्यो स्वतः बदर हुन्छ,” उनले स्पष्ट पारे । मतपत्रमा घण्टी चुनाव चिह्न मतपत्रमा यथावत् रहने भएपनि त्यसमा परेको मत गणना हुँदैन।

सबैभन्दा बढी मत नै घण्टीमा परेपनि ती मत बदर हुने र दोस्रो बढि मतम पाउने उम्मेदवार विजयी हुने आयोगले जनाएको छ । आयोगले मौन अवधिमै उम्मेदवारी खारेज गरेपछि रास्वपा पंक्तिमा भने असन्तोष देखिएको छ।आयोगले भने उजुरी परेपछि छानबिन प्रक्रिया पूरा गरेर निर्णय गरिएको जनाएको छ। निर्णयबारे सम्बन्धित उम्मेदवारलाई पत्रमार्फत जानकारी गराइसकिएको आयोगले बताएको छ।

कर्जा सूचना केन्द्रको अभिलेखअनुसार साह २०८० वैशाखदेखि कालोसूचीमा रहेका छन् । उनीमाथि चेक बाउन्स र बहुकरोडीय निर्माण आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ। यसअघि एमाले र जनमत पार्टी हुँदै रास्वपामा प्रवेश गरेका साहले प्रवेशकै दिन टिकट पाएका थिए।

साहको उम्मेदवारी खारेज भएसँगै धनुषा–१ मा अब एमाले, कांग्रेस, नेकपा, राप्रपा र जसपाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। क्षेत्रमा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृकाप्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रह्मदेव महतो उम्मेदवार छन्। रास्वपाका समर्थकले भने सो क्षेत्रमा प्रत्यक्षतर्फ अन्य दलका उम्मेदवार रोज्नुपर्ने वा मत नहाल्ने विकल्प रोज्नुपर्ने अवस्था सिर्जना भएको छ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.