• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी

महेन्द्रनगर  । डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन्।

फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका साथै अन्यत्र पनि सुरु भइसकेको छ । दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रूपाली होलीको रौनक बढेको भीमदत्त नगरपालिका–१८ का स्थानीय लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो ।

सो बसोबास गर्ने नागरिकलाई ‘रूपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ । रूपाली समुदायले तराईझरेयता नियमित रूपमा पम्परागत होलीलाई निरन्तरता दिँदै आएका छन् । “रूपालीहरू बीचको एकता र रङ्गीन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्”, ठकुराठीले भन्नुभयो, “हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात् गर्दै अघि बढेको छ ।”

निर्वाचनको बेला भएर पनि रूपाली होलीको रौनक घटेको छ । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रूपाली होलीको ४८ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा रहेको छ ।

“सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौरतरिकाहरू छन्”, उहाँले भन्नुभयो, “रूपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान र संस्कृति छ ।” रूपाली होली समिति निम्बुखेडाका अध्यक्ष वासुदेव भट्टले परम्परागत शैलीमा खेलिने होली रूपाली समुदायका हरेक उमेर समूहका मानसिक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने गरेको बताउनुभयो ।

“मुलुक निर्वाचनमय भए पनि रूपाली समुदाय पनि होलीमय छ,” उहाँले भन्नुभयो, “हरेक उमेर समूहका युवायुवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाउँदैछन् ।”

रूपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा देउडा गाएर होली मनाइन्छ । रूपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ ।

“निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ”, भट्टले भन्नुभयो, “जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रूपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।”

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रूपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरूलाई हरेक रूपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने भट्टले जानकारी दिनुभयो ।

“जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ”, उहाँले भन्नुभयो, “यो एउटा परम्पराको निरन्तरता पनि हो ।” डडेल्धुराको रूपालबाट विसं २०१७ देखि तराईमा बसाइँसराई गर्ने क्रम सुरु रूपाली अगुवाको भनाइ छ ।

हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्तव बोकेको छ । “पुस्तौँदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ”, उहाँले भन्नुभयो, “होलीलाई निरन्तरता र संरक्षणका लागि रूपाली समाज क्रियाशील छ ।” रासस

सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.