महेन्द्रनगर / कञ्चनपुरको वेदकोट नगरपालिका–३ पेलितालमा कच्ची घर नजिकै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीका अनुसार ५० वर्षीया शारदादेवी महताको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घरमै बस्दै आएकी ४० वर्षीया सीता महता घाइते भएकी छन् । उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
