• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृष्णपुर वन फडानी प्रकरण :वनकै पदाधिकारीका नाममा मुद्दा दर्ताको तयारी

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा रहेको गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारी संलग्नता देखिएको छ । डिभिजन वन कार्यालयले गरेको अनुसन्धानका क्रममा समितिकै पदाधिकारी र सदस्यहरुको संलग्नता रहेको पाइएको हो । डिभिजन वन कार्यालयले अध्यक्षसहितका कार्यसमितिका १० जनामाथि मुद्दा चलाउने तयारी गरेको छ । त्यसका लागि अनुसन्धानको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

‘अब सरकारी वकिलको राय अनुसार मुद्दा प्रक्रिया अगाडि बढ्छ,’ डिभिजन वन कार्यालयले वन फँडानीपछि छानबिनका लागि तोकिएका अनुसन्धान अधिकृतसमेत रहेको सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहले भने, ‘हामीले सबैसँग सोधपुछदेखि फिल्ड स्तरमा अवलोकन र कार्यसमितिका पदाधिकारीदेखि सदस्यहरुसँग बयान लिएर मिसिल तयार गरेका हौं, त्यही अनुसार सरकारी वकिलको कार्यालयमा बुझाएका छौं ।’ वन अधिकृत शाहका अनुसार अनुसन्धानका क्रममा समितिका पदाधिकारीदेखि सदस्यको बयान लिनुका साथै स्थानीय तहका जनप्रतिनिधिसँग पनि छलफल गरेको थियो ।

मंसिर दोस्रो साता बस्तीको बिचमा रहेको सामुदायिक वन एक डेढ घण्टामै सखाप पारिएको थियो । सिसौ र खयरका रुखहरु रहेको उक्त वन क्षेत्र उजाड बनेको छ । स्थानीयले नै हुर्काएको वन क्षेत्र खाली भएपछि डिभिजन वन कार्यालयले छानविन सुरु गरेको थियो । अनुसन्धान अधिकृत शाहका अनुसार वन फँडानीमा संलग्न रहेको अरोपमा १४ लाख ४० हजार ३ सय रुपैयाँ विगो दाबी गरिएको छ । यस्तै, वन ऐन अनुसार विगोको दोब्बर जरिवाना र जनही दुई वर्ष कैदसमेत माग गरी सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको छ ।

मंसिर ११ गते दिउँसोको समयमा वनका १ सय ६४ रुख काटिएका थिए । १० हेक्टर हाराहारी क्षेत्रफल रहेको समुदायिक वनमा अब कहीँकतै मात्र रुखहरु बाँकी छन् । चारैतिर बस्ती र बीचमा रहेको सामुदायिक वनमा अहिले वनमाराको झाडी मात्रै छ । डिभिजन वन कार्यालयका अनुसार गौरीघाट सामुदायिक वनमा १६ देखि ८४ इन्च मोटाइसम्मका खयरका १ सय ३५, २४ इन्चदेखि ६४ इन्च मोटाइ भएका सिसौका २८ र कञ्जुको १ गरेर १ सय ६४ रुखहरु कटान भएका छन् । कटान भएकामध्ये ६१ गोलिया खयर १ सय १ दशमलव ५५ क्युफिट र ४१ गोलिया सिसौ ८१ दशमलव ०३ क्युफिट सिसौको काठसमेत बरामद गरिएको छ ।

बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.