• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती महिला गोल्डकपबाट परिवर्तनको यात्रामा मनु

धनगढी / आज नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । तर साढे दुई दशक अघि महिला फुटबलका लागि मैदान, अवसर र प्रतियोगिता सबै अभावमै थिए । त्यही बेला धनगढीमा ईतिहास रचियो सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकप आयोजना गरेर । नेपालमै पहिलो पटक आयोजना भएको यो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले दर्जनौं खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च दिएको थियो । धेरैले यही मैदानबाट नेपाली राष्ट्रिय टिमको जर्सी लगाउने सपना पुरा गरेको फुटबल प्रशिक्षक यज्ञराज श्रेष्ठले बताए । “महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता दिनु त्यो बेला साहसिक काम थियो । मनु दाईको व्यवस्थापन प्रशंसनीय थियो ।” उनले भने, “धनगढीमा यस्तो प्रतियोगिता हुनु गर्वको कुरा थियो । महिला खेलप्रति सोच बदलियो ।”

त्यो समय महिला प्रतियोगिता आयोजना गर्नु आफैमा ठूलो चुनौती थियो । स्रोतको अभाव, संरचनाको कमी, सामाजिक सोच सबै बाधा पार गर्दै प्रतियोगिता सफल बनाउने मुख्य व्यवस्थापक थिए नर नारायण शाह मनु । सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकपले आफुहरुलाई प्लेटफर्म दिएको नेपाली महिला फुटबल टोलीकी पुर्व कप्तान चन्द्रा भण्डारीले बताईन् । “हामीलाई खेल्ने प्लेटफर्म नै थिएन । सेती गोल्डकपले नै हामीलाई मौका दियो की हामी पनि सक्छौं ।” पुर्व कप्तान भण्डारी भन्छिन्, “त्यो प्रतियोगिताबाटै मेरो राष्ट्रिय टिमको यात्रा सुरु भयो । आयोजकप्रति सधैं आभारी छु ।”

सेती गोल्डकप केवल प्रतियोगिता मात्रै थिएन महिला सशक्तिकरणको अभियान बन्यो । नयाँ पुस्ताका खेलाडी जन्मिए, राष्ट्रिय टिम बलियो बन्यो, समाजको दृष्टिकोण बदलियो । खेलकुद मार्फत समाज रूपान्तरणको अभियान चलाएका मनु अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार छन् । खेल, युवा, महिला र विकासका मुद्दा लिएर जनतामाझ पुगेका छन् । “महिलालाई अवसर दिए समाज अघि बढ्छ । खेलकुद विकास मेरो प्राथमिकतामा रहनेछ ।” मनुले भने । महिलाको मैदानबाट सुरु भएको त्यो परिवर्तन अब नीतिगत तहसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्दैछन् नर नारायण शाह मनु ।

बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.