धनगढी, १२ फागुन / कैलालीको गोदावरी नगरपालिका – ५ स्थित गेटा आँखा अस्पताल अगाडी रहेका पसलहरूमा आगलागी भएको छ । गयराती भएको आगलागीमा ३ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार शिव गगन किराना पसलबाट सुरु भएको आगलागीबाट अन्य ३ पसल जलेर नष्ट भएका छन् ।
आगलागी स्थानीय, प्रहरी, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
