अत्तरिया / कैलालीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् ।
शनिवार बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियाबाट ६८० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित २२ वर्षीय रमेश बुढा र २४ वर्षीय विकाश परियार पक्राउ परेका हुन ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया,कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।