धनगढी ९ फागुन/कैलालीको अत्तरियामा शनिवार उज्यालो नेपाल पार्टीको चुनावी घोषणा सभा आयोजना गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख अतिथियतामा आयोजना गर्ने तय गरिएको कार्यक्रममा न्यून जनसहभागिता रहेको थियो भने कुलमान घिसिङ कार्यक्रममा सहभागी नै भएनन् ।
आयोजकले कार्यव्यस्तताका कारण कुलमान आउन नसकेको बताए पनि अत्तरियाको महोत्सव स्थलको ठुलो मैदानमा गरिएको कार्यक्रम जनसहभागिता न्यून हुँदा कुलमान नल्याइएको पार्टीकै केही नेताले बताएका छन् ।कार्यक्रममा कुनमान घिसिङ नआएपछि पार्टीका उपाध्यक्ष एवम् जेनजी अगुवा राजेश प्रतेललाई प्रमुख अतिथि बनाएका सभा समापन गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै उनले जेन जी आन्दोलन पुराना भ्रष्टाचारीलाई फ्याँकेर नयाँ भ्रष्टाचारी ल्याउनका लागि नभएको भन्दै जनेजी आन्दोलनको भावना अनुसार काम नभएको बताए ।
