• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको चुरे फेदमा अवैध उत्खनन्, ५ जना नियन्त्रणमा

धनगढी / कैलालीको चुरे फेदमा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गरिरहेको अवस्थामा वन कार्यालयको टोलीले पाँच जनालाई सवारीसाधनसहित पक्राउ गरेको छ । चुरे गाउँपालिका–४ मा पर्ने अधेरी खोलामा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गस्तीमा गएको वन कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बनबेडाका २८ वर्षीय ट्याक्टर चालक रमेश चौधरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका २८ वर्षीय टिप्पर चालक कनैया राना, बर्दियाको बासगढी नगरपालिका–६ दमौली बस्ने २५ वर्षीय टिप्पर चालक वीरजन थारु, शुक्लाफाँटा–४ असैनाका टिप्पर चालक कृष्ण राना तथा धनगढी उपमहानगरपालिका–७ बेलीका २७ वर्षीय भ्याकु लोडर चालक शिवचरण चौधरी रहेका छन् ।

अवैध उत्खनन्मा प्रयोग गरिएको एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एउटा ट्याक्टर समेत बरामद गरिएको छ । पक्राउ परेका पाँचै जना डिभिजन वन कार्यालय कैलालीको हिरासतमा छन् । डिभिजन वन कार्यालय कैलालीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे क्षेत्रमा अवैध उत्खनन् तथा काठ तस्करी भइरहेको सूचनाका आधारमा गस्ती गर्दा उनीहरूलाई पक्राउ गरिएको बताए । वातावरणीय परीक्षण नगरिएका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार निषेध रहेको उनले बताए ।

वन ऐनअनुसार यसरी अवैध उत्खनन् गरेमा बिगो बमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै ठाकुरले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । ‘अवैध उत्खननसँगै त्यस क्षेत्रमा वन फँडानी गरी तस्करीसमेत भइरहेको पाइएको छ,’ वन अधिकृत ठाकुरले भने, ‘केही दिनअघि सोही क्षेत्रबाट १२ वटा खयरका रूख काटिएको अवस्थामा भेटिएको थियो भने हालै एउटा सालको रूख समेत काटेर लगिएको पाइएको छ ।’

शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.