• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाँझो जग्गामा उखु खेती, पहाडी गुड बेचेर पाँच लाख आम्दानी

बैतडी   । अरुले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ एक युवाले गुडबाट पाँच लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका करिब ७५ प्रतिशत मानिस बसाइँसराई गरेर हिँडेपछि खाली रहेको बाँझो जग्गा उपयोग गर्दा नसोचेको सफलता हासिल भएको छ ।

दशरथचन्द नगरपलिका–४, बिनासौं गाउँका दिपक कार्कीले आफ्नै बाँझो जग्गा र गाउँलेले छाडेको बाँझो जग्गा भाडामा लिएर ४० रोपनी क्षेत्रफलमा उखु खेती विस्तार गर्नुभएको छ । दशरथचन्द नगरपालिकाको कृषि शाखा प्रमुखसमेत रहनुभएका दिपक कार्की नोकरीसँगै व्यवसायिक गुड उत्पादनमा लाग्नु भएको हो ।

जिल्ला सदरमुकाम नजिकै नगरपालिकाको बिनासौं गाउँ जङ्गली जनावर बाँदर, बँदेल र दुम्सीका कारण रित्तिएको छ । जङ्गली जनावरले खेतीपाति नास गर्न थालेपछि यहाँका ७५ प्रतिशत मानिस अन्यत्रै बसाइँसरेर गएका छन् । यही गाउँका युवा दिपक कार्कीले भने खाली जग्गा भाडामा लिएर उखु खेतीबाट एक मेट्रिक टन गुड उत्पादन गर्दै आउनु भएको छ ।

माघदेखि चैतसम्म उखु पेलेर एक मेट्रिक टन गुड उत्पादन हुने गरेको उहाँले बताउनुभयो । स्थानीय गुडको बजार मूल्य प्रति किलो ३५० रुपियाँ छ । एक मेट्रिक टन गुड उत्पादन गरेर पनि माग पूर्ति गर्न नसकेको उहाँले बाउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यालय समयपछि साँझ विहान र बिदाको दिन उखु बारीमै बित्छ । म नभएको बेला बुवा, आमा र श्रीमतिले सहयोग गर्दै आउनु भएको छ । खेतबारीमा उखुसँगै व्यवसायिक तरकारी खेतीसमेत गर्दै आएका छौं ।”

परम्परागत रुपमा गरिँदै आएको उखु खेतीलाई व्यवसायिक ढङ्गले अघि बढाउँदा जग्गा आवश्यकता भयो । गाउँलेले बाँझो छाडेको जग्गा भाडा लिएर गएको पाँच वर्षदेखि उखु खेती सुरु गरेको उहाँले बताउनुभयो । उखु पेल्न परम्परागत कोलभन्दा उखुको जुस निकाल्ने विद्युतीय मेशिन जडान गर्दा सजिलो भएको छ । गुड पकाउन भने ५० लिटर क्षमताको तौला (तामाको भाँडा) राखिएका छन् । तामाको भाँडामा उखुको रसलाई चार घण्टा पकाएपछि गुड तयार हुन्छ ।

यसरी तामाको भाँडामा पकाएको गुड आयुर्वेदिक औषधीमासमेत प्रयोग हुने गरेको छ । स्थानीय गुडबाट आशिव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधी बन्ने गरेको स्थानीय वैद्य भोजराज भट्टले बताउनुभयो । बैतडीको स्थानीय जातको उखुको गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृति गुणकारी तत्व पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने उहाँले बताउनुभयो ।

पहाडी बस्ती रित्तिएका बेला उखु खेती सुरु गर्दा चुनौति पनि थपिएको युवा दिपक कार्कीका पिता वीरसिंह कार्कीले बताउनुभयो । उखु बारीमा जङ्गली जनावर बँदेलले क्षति गर्दा यो वर्ष करिक डेढ लाख रुपियाँ बराबरको नोक्सान भएको उहाँले बताउनुभयो । उखु बारीमा हरियो रङ्गको जालीले घेरबार गर्न यो वर्ष बैंकबाट यो वर्ष ऋण लिएर घेरबार गरिएको उहाँले भन्नुभयो, “पहाडमा केही  हुँदैन भनेर गाउँ छाडेर जानेहरुलाई सन्देश दिन विकल्पमा उखु खुती सुरु गरेका हौं । अन्य बाली भन्दा उखुमा बाँदर र दुम्सीले कम क्षति गर्छन् ।”

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.