धनगढी, ४ फागुन / विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन धनगढीले फागुन ५ गते मंगलबार अध्ययन सेमिनार आयोजना गर्ने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले कार्यक्रमबारे जानकारी दिएको हो।
अध्ययनसम्बन्धी सही र आधिकारिक जानकारी उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष नियमित रूपमा सेमिनार सञ्चालन गरिँदै आएको छ। यस वर्ष पनि सोही निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका डाइरेक्टर दिपेन्द्र चौधरीका पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
उनका अनुसार सेमिनारमा छात्रवृत्ति प्राप्त गर्ने प्रक्रिया, उपयुक्त देश तथा विश्वविद्यालय छनोट, आवश्यक कागजात तयारी, भिसा आवेदन प्रक्रिया लगायतका विषयमा विशेषज्ञमार्फत विस्तृत परामर्श प्रदान गरिनेछ।
“धेरै विद्यार्थी कुन देश जाने वा कुन विश्वविद्यालय छनोट गर्ने भन्ने विषयमा अन्योलमा रहने गरेका छन्,” उनले भने, “यही अन्योल हटाई सही मार्गदर्शन दिन सेमिनार प्रभावकारी हुनेछ।”
सेमिनारमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके र संयुक्त राज्य अमेरिका (युएसए)मा अध्ययनका अवसरबारे जानकारी दिइने आयोजकले जनाएको छ। पछिल्लो समय यी देश नेपाली विद्यार्थीका लोकप्रिय गन्तव्यका रूपमा रहेका छन्।
विद्यार्थीको लक्ष्यलाई मध्यनजर गर्दै व्यक्तिगत काउन्सेलिङसमेत गरिने र कुनै एक देशमा केन्द्रित नभई विद्यार्थीका लागि सबैभन्दा उपयुक्त विकल्प सिफारिस गर्छौं, संस्थाकी म्यानेजर निलम चौधरीका बताइन्।
सेमिनारमा शिक्षा प्रणाली, भर्ना मापदण्ड, आवश्यक कागजात, छात्रवृत्ति अवसर, अनुमानित खर्च, बसोबास व्यवस्था, अध्ययनसँगै काम गर्ने नियम लगायत विषयमा जानकारी दिइनेछ। सहभागीहरूले विज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकले पूर्वदर्ता गर्नुपर्नेछ। सीमित सिट उपलब्ध रहेकाले समयमै नाम दर्ता गर्न आग्रह गरिएको छ।
कार्यक्रम फागुन ५ गते एक्सपर्ट एजुकेशनको धनगढीस्थित कार्यालयमा बिहानदेखि सञ्चालन हुने बताइएको छ।
संस्थाले विदेश अध्ययन जस्तो महत्वपूर्ण निर्णय अपूर्ण जानकारीका आधारमा नगर्न आग्रह गर्दै स्पष्ट लक्ष्य, सही योजना र विश्वसनीय परामर्शसहित अघि बढ्न सुझाव दिएको छ ।