• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा निर्वाचन खर्च पारदर्शितामा ढिलाइ

बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बैतडीमा निर्वाचन खर्च पारदर्शितासम्बन्धी अनिवार्य प्रक्रिया पूरा गर्न ढिलाइ देखिएको छ ।

जिल्लाका ६ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता अझै नखोलेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराएका ११ जनामध्ये हालसम्म ५ जनाले मात्र निर्वाचन खर्चका लागि नयाँ बैंक खाता खोलेका छन् ।

बाँकी ६ जनाले भने तोकिएको समय सीमा भित्र प्रक्रिया पूरा नगरेको कार्यालयले जनाएको छ । खाता नखोल्नेमा नेकपा एमाले का उम्मेदवार दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्ट, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आमजनता पार्टीका विसन सिंह बोहरा, नेकपा माओवादीका राम बहादुर कुँवर तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त रहनुभएको छ ।

यता नेपाली कांग्रेसका नेता चतुर बहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारी र श्रम संस्कृति पार्टीका गजेन्द्र राज पाण्डेयले भने बैंक खाता खोलेर प्रक्रिया पूरा गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बाँकी उम्मेदवारलाई फागुन ५ गतेभित्र अनिवार्य रूपमा बैंक खाता खोल्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च तथा प्राप्त सहयोग बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था भए पनि बैतडीका ६ उमेदवारले अझै बैंक खाता खोलेका छैनन् । २५ हजार रुपियाँभन्दा बढीको रकम बैंकमार्फत अनिवार्य रूपमा कारोबार गर्नुपर्ने तथा सोभन्दा कम रकम नगदमा भए पनि त्यसको प्रमाण स्वरूप रसिद पेश गर्नुपर्ने प्रावधान रहेको छ ।  निर्वाचन खर्चलाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.