• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घरदैलो अभियानमा रोशन शाही, कैलाली-५ मा राप्रपाको चुनावी अभियान तीव्र

धनगढी, २ फागुन /  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रोशन शाही यतिबेला घरदैलो अभियानमा सक्रिय बनेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको एजेण्डा प्रस्तुत गरिरहेका छन्।

राप्रपाबाट क्षेत्र नम्बर ५ मा पाँच जनाको नाम सिफारिस भएकोमा पार्टीले यसपटक युवातर्फबाट शाहीलाई उम्मेदवार बनाएको हो। धनगढी मा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय शाहीले २०७९ को स्थानीय तह निर्वाचनमा धनगढी–१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेपछि उनी राप्रपामा आबद्ध भएका हुन्।

हाल उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडासहित कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कैलारी गाउँपालिकाका दुई वडामा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। घरदैलोका क्रममा ४० वर्षमाथिका मतदाताबाट राम्रो साथ र समर्थन पाइरहेको उनले बताएका छन्।

“हाम्रो पार्टीले उठाएको राजसंस्था र हिन्दु अधिराज्यको एजेण्डालाई धेरैले सकारात्मक रूपमा लिनुभएको छ,” शाहीले भने, “युवाहरूलाई पनि यसको महत्व बुझाउँदै अघि बढिरहेका छौँ।”

शाहीले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि राप्रपाको एजेण्डा आवश्यक रहेको दाबी गर्दै मतदातालाई सोही आधारमा मतदान गर्न आग्रह गरिरहेका छन्। निर्वाचन आचारसंहिताको पालना गर्दै घरदैलोमार्फत चुनावी माहोल आफ्नो पक्षमा बनाउन केन्द्रित रहेको उनको भनाइ छ।

शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.