• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली–५ मा कांग्रेसको संगठित अभियान: उम्मेदवार मनुलाई जिताउन घरदैलोदेखि मतदाता शिक्षासम्म सक्रियता बढाउने आह्वान

धनगढी, २ फागुन / नेपाली काँग्रेसका सुदूरपश्चिम महामन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले चुनावी अभियानलाई अझ व्यवस्थित, परिणाममुखी र जनकेन्द्रित बनाउन नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन्। उनले घरदैलो अभियानलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै दैनिक उपस्थिति रजिस्टर राख्न र टोलस्तरमा मतदातालाई एकताबद्ध गर्न सक्रिय हुन आग्रह गरे।

कैलाली–५ का विभिन्न टोल तथा वडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार शाहले भने, “मान्छे क्रियाशील भए/नभएको बारे जानकारी राख्न घरदैलो अभियानको दैनिक उपस्थिति रजिस्टरमा राख्नुहोस्। यसले हाम्रो संगठन कति चलायमान छ भन्ने स्पष्ट देखिन्छ।” उनले संगठनको शक्ति नै जितको आधार हुने भन्दै अनुशासित र अभिलेखीकरणसहितको अभियान सञ्चालन गर्न जोड दिए।

उम्मेदवार शाहले टोलस्तरमा तय गरिएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय पार्टी कमिटीहरूलाई जिम्मेवार बन्न आग्रह गरे। “टोलस्तरमा तोकिएको दिनको कार्यक्रममा सहभागी सबै मतदातालाई एकतावद्ध गर्न त्यहीँका पार्टीका साथीहरू सक्रिय रूपमा लाग्नुपर्छ,” उनले भने, “स्थानको पहिचान गरी सचिवालयलाई र उम्मेदवारलाई जानकारी दिनुहोस्, ताकि समन्वय प्रभावकारी होस्।”

उनले अहिलेको चुनावी परिवेशमा मतदाताहरू भाषणभन्दा उम्मेदवारलाई प्रत्यक्ष चिन्न र बुझ्न चाहिरहेको उल्लेख गरे। “अहिले भाषणभन्दा उम्मेदवार को हो भनेर चिन्न चाहन्छन्,” उनले स्पष्ट पारे, “त्यसैले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुहोस्।”

शाहले मतदाता शिक्षालाई चुनावी अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारे। उनले वडा कार्यसमितिलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, “मतदाता शिक्षामा वडा कार्य समिति सक्रिय भएर लागौँ। मतदातालाई सही ढंगले मतदान गर्ने तरिका, हाम्रो एजेन्डा र उम्मेदवारको प्रतिबद्धता स्पष्ट रूपमा बुझाउनुपर्छ।”

उनले मतदाता शिक्षालाई केवल औपचारिक कार्यक्रम नभई विश्वास निर्माण गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए। उनका अनुसार, मतदाता सचेत भए मात्र परिणाम पनि सुदृढ हुन्छ।

‘उम्मेदवार घरमा आएन’ भन्ने गुनासो नआओस्

उम्मेदवार शाहले आफूलाई हरेक टोल–बस्तीमा पु¥याउने जिम्मेवारी पनि कार्यकर्तामाथि रहेको बताए। “उम्मेदवार हाम्रो घरमा आएन भनेर कसैले गुनासो गर्ने मौका नदिनुहोस्,” उनले आग्रह गरे।

आफ्नो स्वास्थ्य अवस्था उल्लेख गर्दै उनले भने, “शारीरिक अवस्था कमजोर भएकाले धेरै दौडधुप गर्न सकिँदैन। जति तपाईंहरूले मलाई दौडाउनु हुन्छ, त्यति म दौडिन्छु। जहाँ, जति खेर बोलाउनु हुन्छ, म सहभागी हुन्छु।”

उनको यो भनाइले कार्यकर्तामा थप उत्साह पैदा गरेको सहभागीहरूले बताएका छन्। उम्मेदवार स्वयं प्रतिबद्ध र उपलब्ध हुने सन्देशले स्थानीय तहमा सकारात्मक सन्देश गएको छ।

शाहले व्यक्तिगत जित–हारको चिन्ताभन्दा पार्टीको संगठित अभियानलाई प्राथमिकता दिन आग्रह गरे। “मेरो नतिजासँग चिन्ता लिनुभन्दा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गरौँ,” उनले भने।

उनले चुनावी प्रचारलाई योजनाबद्ध ढंगले अघि बढाउन, जिम्मेवारी बाँडफाँट स्पष्ट गर्न र नियमित समीक्षा गर्न सुझाव दिए। “हामीले आफ्नो काम ठीक ढंगले गर्‍यौँ भने नतिजा आफैं अनुकूल आउँछ,” उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै शाहले कैलाली–५ को समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा दीर्घकालीन योजना ल्याउने प्रतिवद्धता दोहोर्‍याए।

“हामी केवल चुनाव जित्न होइन, क्षेत्रको विकासका लागि उम्मेदवारी दिएका हौँ,” उनले भने, “जनताको विश्वासलाई विकास र समृद्धिमा परिणत गर्ने हाम्रो लक्ष्य हो।”

कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले उम्मेदवार शाहको निर्देशनलाई सकारात्मक रूपमा लिँदै घरदैलो अभियानलाई थप तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्। टोलस्तरमा नियमित बैठक, मतदाता सूची अद्यावधिक, युवा तथा महिला परिचालनजस्ता कार्यक्रमहरूलाई तीव्रता दिने निर्णय गरिएको छ।

कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसले संगठित र योजनाबद्ध अभियान चलाइरहेको दाबी गर्दै स्थानीय नेताहरूले यसपटकको निर्वाचनमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

उम्मेदवार मनुको स्पष्ट निर्देशन, कार्यकर्ताको सक्रियता र मतदातासँगको प्रत्यक्ष संवादले चुनावी माहोल तातेको छ। संगठित संरचना, मतदाता शिक्षामा जोड र घरदैलो अभियानको प्रभावकारी व्यवस्थापनले कैलाली–५ मा कांग्रेसको जितको आधार बलियो बन्दै गएको देखिन्छ।

शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.