• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हात्तीले बालिकाको ज्यान लिएपछि मतदाता रुष्ट

कञ्चनपुर  । कञ्चनपुरको लालझाँडी गाउँपालिका–६ स्थित ढक्का चानदेवमा बस्दै आएका स्थानीय रुष्ट भएका छन् । जङ्गली हात्तीको त्रासले कष्टकर जीवन बिताउन बाध्य यहाँका स्थानीयले आगामी निर्वाचनमा भने भोट नहाल्ने बताएका छन् । गत माघ २४ गते राति हात्तीको आव्रmमणबाट एक बालिकाले ज्यान गुमाएपछि यहाँका स्थानीय उम्मेदवारप्रति रुष्ट बनेका हुन् । हजुर आमासँगै घरमा सुतेकी छ वर्षीय बालिका रोजिना साउद घरबाट भाग्ने व्रmममा हात्तीले कुल्चँदा गम्भीर घाइते भएपछि उपचारका व्रmममा ज्यान गुमाउनु परेको थियो । उहाँका हजुरआमा पार्वती साउद अस्पतालमा उपचाररत हुनुहुन्छ ।

निर्वाचनका उम्मेदवार यहाँको अवस्था बुझ्न नआएपछि भोट नै नहाल्ने बताउन थालेका छन् । स्थानीय द्रोपती नायकले हात्तीको त्रासले रातदिन जाग्राम बस्दै आएको बताउनुभयो । बस्तीमा हात्ती पसेर ज्यान जोगाउन मुस्किल परेको अवस्थामा समेत यस क्षेत्रबाट उम्मेदवार बनेका एक पटक पनि आफूहरूको पीडा बुझ्न यहाँ नआएपछि आगामी निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने उहाँले बताउनुभयो ।

हात्तीबाट ज्यान जोगाउनका स्थानीय एक सातादेखि टाढा आफन्तकहाँ बास बस्दै आएको बताउँछन् । गत साता तेस्रो पटक हात्तीले घर भत्काएपछि परिवारसहित आफन्तकहाँ बास बस्दै आएको यहाँका स्थानीय अम्मरसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकै छिमेकीको घरमा हात्तीले छ वर्षीय बालिका रोजिनाकोे ज्यान लियो । हात्तीकै त्रासका कारण एक सातादेखि आफन्तकहाँ बास बस्दै आएका छौँ ।” २० वर्षदेखि ढक्कामा बस्दै आउनुभएका सुन्दरसिं नायक हालसम्म हात्तीले चार पटक घर भत्काएको बताउनुहुन्छ । गत साता भने छिमेकी बालिकाको ज्यान नै लिएपछि हात्तीको त्रासले घर नै छोडेर अन्यत्र बस्दै आएको उहाँले सुनाउनुभयो ।

हात्तीको त्रासले चार जना परिवारका सदस्यसहित उहाँ झन्डै तीन किलोमिटर पर अस्थायी टहरा बनाएर बस्दै आएको बताउनुहुन्छ । जङ्गली हात्तीको आतङ्कले ज्यान जोगाउन मुस्किल परेको बताउनुहुँदै उहाँले आगामी निर्वाचनमा कसैलाई भोट नहाल्ने बताउनुभयो । यसअघिका निर्वाचनमा जनावरबाट बस्ती जोगाउन नेपाली सेना परिचालन गरेर रात दिन पहरा दिने भन्दै उम्मेदवारले आश्वासन दिएको उहाँले बताउनुभयो । हात्ती बस्तीमा पसेर अन्नबाली सखाप पार्दे, घर भत्काउँदै मानिसको ज्यान लिँदासमेत पीडा बुझ्न कोही पनि उम्मेदवार यहाँ नआएकाले आगामी निर्वाचनमा भोट नै नहाल्ने उहाँले बताउनुभयो ।

चानदेवका स्थानीय महिला वासुदेवी दमाईंले नेताहरूले झुटा वाचा गरेकै कारण आफूहरूले घर छोडेर अन्यत्र बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । घर छोड्नुपर्ने बाध्यताको अन्त्य गर्न सक्ने उम्मेदवार नभेटिएकाले आगामी निर्वाचनमा कसैलाई भोट नहाल्ने उहाँले बताउनुभयो । स्थानीयले बस्तीको सुरक्षा प्रदान गर्न तथा जनावरबाट पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन उम्मेदवारलाई माग गरेका छन् । झुटा वाचा गरेर भोट माग्ने कार्य नगर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।

शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.