• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सडक बन्न नसकेको मतदाताको गुनासो

बाजुरा । बाजुराका विभिन्न ठाउँका सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताहरूले उम्मेदवारलाई गुनासाे गर्ने गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारलाई यहाँका मतदाताहरुले सडक निर्माणको काम अलपत्र पर्ने गरेको भन्दै उम्मेदवारहरूलाई गुनासा गरेका हुन् ।

जिल्लाको मुख्य सडक सााफे–मार्तडी सडक अन्तर्गत बल्दे र मार्तडी–कोल्टी सडक निर्माणको काम सुरु भएको धेरै वर्ष भएपनि निर्माणको भने काम नसकिएको भन्दै यती बेला यहाँका मतदाताहरूले उम्मेदवारलाई गुनासा पोख्ने गरेको स्तानीयवासी बताउँछन् ।

विगतका उम्मेदवारहरूले यहाँ स्वास्थ्य, शिक्षा, पुल, सडक र खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणका योजना गाउँ बस्तीमा ल्याउने र चाँडै यहाँको विकास गर्ने भनी मत माग्ने गरेको भए पनि यहाँका मूल्य साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक पनि लामो समय देखि अलपत्र परेको हुँदा पनि कसैले चाँसो नखाएको बुढीनन्दाका स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मार्तडी कोल्टी सडक कालोपत्रेको काम गर्न लागेको धेरै वर्ष भयो । तर अहिलेसम्म त्यो काम भने सम्पन्न भएको छैन । सडक कालोपत्रे नहुँदा वर्षाको समय जिल्लीको पहिरो र हिउँदको महिना पोरखेलेकको हिउँका कारण सडक सधै अवरुद्ध हुन्छ ।”

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले उत्पादन गरेका स्याउँले समेत समयमै बजार नपाउँदा उनीहरु सधैं मर्कामा पर्ने गरेका छन् । योजना आउने तर ती योजनाको काम समयमै सम्पन्न नहुने हुँदा स्थानीय सधै सास्ती खेप्नु परेको कार्कीले बताउनुभयो ।

त्यसैगरी बुढीगङ्गा नगरपालिकाको बल्दे आटीचौर सडक पनि कालोपत्रत्रे हुन थालेको झण्डै सात वर्ष भयो । तर त्यो सडक निर्माणको काम अँझै सम्पन्न भएको छैन् । सडक सम्पन्न नहुँदा यहाँका स्थानीयले वर्षाको समय आउजाउमा सास्ती खेप्ने गरेको स्थानीय बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ हिउँदको महिना सडक निर्माणका लागि बालुवा गिट्टी सबै जम्मा हुन्छ । तर वर्खाको समय ती जम्मा भएको बालुवा गिट्टी पनि फेरि पानीले बगाएर खोलामा पुर्‍याउँछ।”

सडक अलपत्र परेको भन्दै हामीले धेरै नेता तथा कार्यकर्ता र ठेकेदारलाई भन्ने गरेका छौं । तर पनि कही कतै देखि सडक निर्माणको काम सम्पन्न भने अझै भएको छैन् । योजना सुरु हुन्छ । तर काम भने निकै ढिलाई हुने गरेपछि स्थानीयले सास्ती खेप्ने गरेको थापाले बताउनुभयो ।

बाजुराको साँफे–मार्तडी , मार्तडी–कोल्टी , मार्तडी –भौनेरा , बल्दे–आटीचौर र डाब–खप्तड पर्यटकीय लगायतका मुख्य सडक अलपत्र परेका छन् । सडक चाँडो निर्माण गर्नका लागि स्थानीयले सम्बन्धी निकायलाई पटक पटक भन्ने गरेका छन् ।

यतिबेला भने जनताले गुनासा गर्ने अवसर पाएका छन् । अहिले गाउँ बस्तीमा पुगेका उम्मेदवारलाई उनीहरूले यसरी अलपत्र परेका योजनाको बारेमा गुनासा गर्ने गरेका हुन् । उनीहरूले आएका योजना त पास भएको छैन् । भने नयाँको के आस भन्दै उम्मेदवारलाई प्रश्न गर्ने गरेका छन् ।

यता यसको जिम्मेवार संस्था भनेको भौतिक पुर्वाधार विकास अछामले पनि यतिबेला सडक निर्माणको काममा जिम्मा लिने ठेकेदारलाई सडक जिम्मा लिएको समयमै काम सम्पन्न गर्ने गरी पत्रचार गरेको बताउँछन् ।

साँफे–मार्तडी सडक अन्तगर्त पर्ने बल्देमा सडक डिभिजन कार्यालय अछामले काम गराइरहेको छ । भने मार्तडी–कोल्टी र बल्दे–आटिचौर सडकमा भौतिक पूर्वाधार विकास कार्यालय अछामले काम गराइरहेको छ ।

सडक निर्माणको म्याद भने एक एक वर्ष पहिला सकिएको छ । ठकेदारहरूले आफुले जिम्मा लिएको काम भने अझै सम्पन्न गरेका छैन । अहिले फेरि उनीहरूलाई एक वर्षको म्याद थपिदिएको छ । उनीहरू पनि सोही म्याद अनुसार काम सम्पन्न गर्ने गरी यतिबेला काम गरिरहेको भौतिक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।

बिहिबार, माघ २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.