डडेलधुरा, २९ माघ / नेपाली कांग्रेसबाट छुट्टिएर गएको नेपाली कांग्रेस बीपीले यसपटक निर्वाचनमा कसलाई सघाउने भन्ने चाँडै निर्णय गर्ने बताएको छ ।
पार्टीका जिल्ला सभापति भरत नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बीपी कांग्रेसका केन्द्रीय वरिष्ठ उपसभापति एवं नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्ल जिल्लामा आइपुगेपछि छलफल हुने र सोही अनुसार न्यायको पक्षमा निर्णय लिइनेछ ।”
नेपाली कांग्रेस डडेलधुरामा लगातार दुईपटक पार्टी सभापति बनेका कर्णबहादुर मल्लको समूहले पार्टीभित्र विद्रोह गरी बीपी कांग्रेसमा आबद्ध भएका थिए ।