धनगढी, २६ माघ / स्वर्गीय रनी भट्टको वार्षिक पुण्यतिथिको अवसरमा उनका जेष्ठ छोरा नन्दराज भट्टले कैलालीस्थित सहारा घर सडक मानव सेवा केन्द्रमा आश्रित ११३ जना भोजन दान गरेका छन् । सहयोगी, समाजसेवी भट्टले बेसहारा तथा असहाय व्यक्तिहरूलाई आज बिहान भोजन सेवा प्रदान गरेको मानव सेवा केन्द्रले बताएको छ।
बैतडीको सुर्नया गाउँपालिका-३ गोयली स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका-७ मा बसोबास गर्दै आएका भट्टले स्वर्गीय बुबाको सम्झनामा मानवीय सेवामार्फत श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। स्वर्गीय रनी भट्टको २०७४ माघ २५ गते फागुन कृष्ण अष्टमी तिथिमा निधन भएको थियो।
भोजन सेवा पछि नन्दराज भट्टले स्वर्गीय बुबाको सम्झनामा सहयोगापेक्षित मानवहरूलाई एक छाक भोजन गराउन पाएकोमा आत्मिक सन्तुष्टि मिलेको प्रतिक्रिया दिनुभएको छ